११ असार २०८३, बिहिबार

शराब घोटालामा दिल्लीका मुख्यमन्त्री अदालतमा हाजिर, १५ हजारको जमानत

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ३ चैत । मुख्यमन्त्री अरविन्द केजरीवाल हाजिरीका लागि दिल्लीको राउज एभिन्यू अदालत पुग्नुभएको छ ।

बहस सुरु हुनेबित्तिकै उहाँले जमानत पाउनुभएको थियो । उहाँलाई १५ हजारको व्यक्तिगत धरौटीमा जमानत दिइएको हो । यो मुद्दा ईडी याचिकासँग सम्बन्धित छ । जसमा उनलाई मार्च ७ मा अदालतमा उपस्थित हुन समन जारी गरिएको थियो ।

राउज एभिन्यू अदालतमा शुक्रबार सुनुवाइ भएको थियो । यस क्रममा अदालतले केजरीवाललाई हाजिर हुन भनेको थियो । वास्तवमा दिल्लीका मुख्यमन्त्रीले व्यक्तिगत रूपमा उपस्थित नहुनको लागि छुट माग्नुभएको थियो ।

ईडीले केजरीवाललाई अहिलेसम्म ८ वटा समन जारी गरेको छ । केजरीवाल एकपटक पनि एजेन्सीमा उपस्थित हुनुभएनन् । यसपछि अनुसन्धान एजेन्सीले केजरीवालविरुद्ध अदालतमा दुई वटा उजुरी दायर गरेको थियो।

अदालतको बहस :

अदालतः के अभियुक्त हाजिर छन् ?

गुप्ताः हो, उनी अदालतमा छन् र तपाईं जमानतको आदेश दिन सक्नुहुन्छ। यसपछि केजरीवाल गएर जिज्ञासा जारी राख्न सक्छन् ।

अदालतः १५ हजार रुपैयाँ धरौटीमा जमानत दिन्छ । केजरीवाल अदालतबाट जान सक्छन् । वकिलहरू अझै अदालतमा उपस्थित हुनुपर्छ।

यति छोटो संवाद भएपछि केजरीवालले जमानतमा रिहा हुनुभएको छ । केजरीवालका वकिलका अनुसार मुख्यमन्त्री केजरीवालले ईडीको हरेक समनको जवाफ दिनुभएको छ ।

एएसजी एसभी राजु ईडीको तर्फबाट मार्च १५ मा विशेष न्यायाधीश (सीबीआई) राकेश सायलको एकल इजलासमा उपस्थित हुनुभएको थियो । जहाँ केजरीवालका वकिलहरू वरिष्ठ अधिवक्ता रमेश गुप्ता र अधिवक्ता राजीव मोहन हुनुहुन्थो ।

केजरीवालका वकिलहरूले भने कि दिल्लीका मुख्यमन्त्रीले ईडीको हरेक समनको जवाफ दिनुभएको छ । मुख्यमन्त्रीको जिम्मेवारीका कारण उहाँ ईडीसमक्ष उपस्थित हुन सक्नुभएन । अदालतमा उजुरी गर्नुअघि ईडीले केजरीवाललाई कारण देखाउ नोटिस समेत दिएको थिएन ।