१ असार २०८३, सोमबार

नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तु कोरिया निर्यात हुने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । गैरआवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरु नेपालमा बिक्रि वितरणका लागि नेपालमा कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु गर्नुभएको छ । कोरिया–नेपाल बिजनेश कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तुको कोरिया निर्यात गरिने छ ।

कोरियाको सरकारी कृषि बैंक अन्तर्गत संचालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री बिक्री वितरण गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

किम्जे कृषि सहकारी संस्थाका अध्यक्ष लि जङ योङ र विजे इन्टरनेशनल प्रालिका तर्फबाट विनोद कुँवरले ललितपुरमा आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

कोरियामा रहेका कृषकहरुले उत्पादन गरेको चामल, बेसारबाट बनेको मादक पदार्थ तथा अन्य उत्पादनहरु नेपालमा बिक्री वितरणका साथै नेपालमा समेत कोरियन प्रविधिबाट उत्पादन गर्नका लागि सहयोग गर्ने गरी सम्झौता गरिएको कुँवरले जानकारी दिनुभयो ।