२४ जेष्ठ २०८३, आइतबार

नेसपाले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलायो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा)ले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ ।

नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि चैत ४ गते केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्नका लागि बोलाइएको हो ।’

पार्टी कार्यालय प्रमुख पोखरेलले पार्टीको बैठकबारे सामाजिक सञ्जाल, सञ्चारमाध्यममा आएका कुनै पनि गलत सूचनाको पछाडि नलाग्न र बैठकमा सहभागी हुन आग्रह गर्नुभएको छ ।