
काठमाडौ, ३ चैत । ग्रील व्यवसायमा भइरहेको बढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ग्रील व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुँदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं कमलपोखरी इकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौंले सयुक्त रुपमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एक दिवसीय अभिमुखिकरण तालिममा उनीहरुले सुरक्षा र स्वास्थ्य सम्बन्धी जानकारी दिनुपर्ने खाँंचो औंल्याए ।
नेपाल घरेलु तथा साना उध्योग महासंघका उपाध्यक्ष एवं ग्रील तथा स्टील व्यवसायी महासंघका पूर्वअध्यक्ष मोहन कटुवालले ग्रील व्यवसाय अन्य व्यवसायभन्दा बढी जोखिम भएको बताउनुभयो । यसकारण यस्ता तालिम प्रदान गरी दुर्घटना न्युनीकरणमा मद्धत पुग्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख अर्जुन सापकोटाले ग्रील व्यवसायलाई व्यवस्थित गरी उत्पादकत्व बढाउन र जोखिम घटाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनहरुमा पनि ग्रील व्यवसाय क्षेत्रमा स्वास्थ शिविर र अभिमुखीकरण तालिम आयोजना गर्ने उहाँले बताउनुभयो ।
आयोजक महासंघका उपाध्यक्ष समसुदिन शेखले वातावरणमैत्री उद्योग सञ्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताउनुभयो । कमलपोखरी इकाइ समितिका अध्यक्ष महेश ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ, पूर्व क्षेत्रीय अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीलगायतले तालिम ग्रील व्यवसायिको लागि अति नै उपयोगी रहेकोले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । काठमाडौं जिल्लाभित्र रहेका जिल्ला, क्षेत्र र १४ वटै इकाइ समितिका अध्यक्ष तथा पदाधिकरी सदस्य, ग्रील व्यवसायी र श्रमिकको तालिममा सहभागिता रहेको थियो ।








प्रतिक्रिया