
काठमाडौं, २ चैत । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ पर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । दावा सुन तस्करी प्रकरणमा थुनामा हुनुहुन्छ ।
खरेलले २०७४ सालमा वेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिनुभएको खुलेको थियो ।
यस्तै, अन्यलाई पनि दोहोरो नागरिकता दिलाएको खुलेको थियो ।









प्रतिक्रिया