३० असार २०८३, मंगलबार

एआईजी किरण बज्राचार्यलाई सीआईबी प्रमुखबाट हटाउने मन्त्रिपरिषद्को निर्णय

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाइएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले बज्राचार्यलाई सीआईबीको प्रमुखबाट हटाएर नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय गरेको हो ।

सुन तस्करी जाँचबुझ आयोगले एआईजी बज्राचार्य लगायतले अनुसन्धानका क्रममा लापरवाही गरेको ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

यस्तै, मन्त्रिपरिषद्ले एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरोमा सरूवा गरिएको छ।