
काठमाडौं, २ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री रहुञ्जेल डटेर काम गर्ने बताउनुभएको छ ।
आजको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री लामिछानेले डटेर काम गर्ने बताउनुभएको हो । आजको बैठकमा काँग्रेसले लामिछानेको राजीनामा माग्दै वेल घेराउ गरेको थियो ।
‘कांग्रेसको नारा चर्को होला, राजीनामा दे भन्ने होला। म आफ्नो काम गरिरहन्छु, मलाई यो शक्ति नेपाली जनताले दिएका हुन्। मैले प्राप्त गरेको यो शक्ति नेपाली जनतालाई ब्याजसहित फिर्ता गर्नका लागि आएको हो,’ उहाँले भन्नुभयो, ‘कतिदिन हुन्छु मलाई थाहा छैन। जतिदिन हुन्छु डटेर, नझुकीकन आफ्नो काममा निरन्तर लागिरहनेछु।’








प्रतिक्रिया