
काठमाडौं, २ चैत । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै काँग्रेसले वेल घेराउ गरेपछि संसद स्थगित भएको हो ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गर्नुभएको हो ।
अर्को बैठक आइतबार ११ बजे बस्नेगरी सभामुख घिमिरेले संसद स्थगित गर्नुभएको हो ।









प्रतिक्रिया