३१ असार २०८३, बुधबार

नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको हत्या

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला पर्नुभएको छ । घटनाको प्रकृति अनुसार उहाँको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरहाको फुलकट्टी घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव हत्या गरेर फालेको अवस्थामा विराटनगर महानगरपालिका–४ स्थित एक घरमा भेटिएको हो । उहाँ उक्त स्थानमा रहेको धिरेन्द्र गिरीको घरमा डेरा बस्दै नोबेल शिक्षण अस्पतालमा काम गर्दै आउनुभएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार उहाँ बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको थियो ।

घाँटी र शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उहाँको शरीरभरि चोटैचोट देखिएको छ ।

प्रहरीले घटनास्थलको अध्ययन गरी अनुसन्धान सुरु गरेको जनाएको छ । कसले किन हत्या गरेको भन्ने खुलेको छैन ।