
काठमाडौं, २ चैत । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्यलाई नै कारबाही गर्न सिफारिस भएको छ ।
६० केजी सुन र भेपमा सुन तस्करीको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगले एआईजी बज्राचार्यसहित चारजना प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको हो ।
कारबाही सिफारिस हुनुभएकामा एआईजी बज्राचार्यसहित अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वय दुर्गा दाहाल र रुगम कुँवर रहनुभएको छ ।
६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ।
उहाँहरूले छानबिन प्रकरणमा लापरवाही गरिएको देखिएको र तस्करीसँगै कनेक्सन देखिएको जाँचबुझ आयोगले दावी गरेको हो । कारबाही गर्न सिफारिस भएसँगै एआईजी बज्राचार्यलाई सीआईबी प्रमुखबाट सरूवा गर्ने तयारी भएको छ ।








प्रतिक्रिया