२६ कार्तिक २०८३, बिहिबार

पशुपति नजिकैको जंगलमा एक किशोरीको शव फेला

8.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको गोरखनाथ मन्दिरमाथिको जंगलमा एक किशोरीको शव फेला परेको छ ।

सिन्धुली घर भएकी १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

उनको शव बिहान मर्निङवाकमा जानेहरुले देखेर प्रहरीलाई खबर गरेका थिए ।

सिन्धुली घर भएकी सुस्मिता केहीदिनदेखि हराइरहेकी थिइन् । उनी बालुवाखानी कपनमा बस्ने गर्थिन् ।

उनी केहीदिनअघि भक्तपुर आफन्तकोमा जाने भनी घरबाट निस्केकी थिइन् ।

आफन्तले सामाजिक सञ्जालमा उनको खोजी गरिदिन अपिल गरेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।