२२ जेष्ठ २०८३, शुक्रबार

हेटौंडा अस्पतालमा नयाँ मेसु नियुक्त

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २ चैत । हेटौंडा अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. श्रीधर अर्याल नियुक्त हुनुभएको छ । अर्याल दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन हुनुहुन्छ ।

उहाँ भक्तपुरबाट हेटौंडा आउनुभएको हो । डा. अर्याल यसअघि भक्तपुर अस्पतालमा पनि मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्थो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले अर्याललाई चैत १ गतदेखि लागू हुने गरी हेटौंडा सरुवा गरेको हो । अर्यालले भन्नुभयो, ‘अस्पतालबाट प्रवाह हुने सेवा थप गुणस्तरीय बनाउन प्रयास गर्नेछु, यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछु ।’

यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाको काज संघमै फिर्ता भएको छ ।