१४ असार २०८३, आइतबार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज शुक्रबार बस्दैछ ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बोलाइएको हो ।

बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ ।

बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने बताइएको छ ।