११ असार २०८३, बिहिबार

नेकपा एसका केन्द्रीय सदस्यसहित दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २ चैत । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसहित दर्जनौं नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको टीका र खादा लगाएर नेकपा (एकीकृत समाजवादी), विप्लव र अन्य पार्टीका नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य लोकबिक्रम थापाको नेतृत्वमा पार्टीका कञ्चनपुर र सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभयो ।

नवप्रवेसी नेताहरुले नेकपा एस पार्टीको औचित्य सकिएको र एमालेको विकल्प नरहेको निश्कर्षसहित पुरानो घरमै फर्किएको बताउनुभएको छ ।

नवप्रवेसी नेताहरुलाई एमाले अध्यक्ष ओलीले सही निर्णय गरेको भन्दै बधाई दिनुभयो ।

उहाँहरुलाई अध्यक्ष ओलीसहित सचिव लेखराज भट्ट, सुदूरपश्चिम इञ्चार्जसमेत रहनुभएका अर्का सचिव छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पोलिटब्यूरो सदस्य नारदमुनी राना, निरु पाल, तारा लामालगायतका नेताहरुले स्वागत गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले एमाले मात्रै सही पार्टी रहेकोले दुविधा वा भ्रममा नपरी फर्कन आह्वान गर्नुभएको छ ।