११ असार २०८३, बिहिबार

सेञ्चुरी बैंकका तत्कालीन सिइओ मनोज न्यौपानेसहित १० जना बैंकर रिहा

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित पक्राउ पर्नुभएका दशजना बैंकर रिहा हुनुभएको छ ।

रिहा हुनुहुनेमा मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम, राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत हुनुहुन्छ ।

प्रहरी अनुसन्धान ब्युरोले उहाँहरूलाई दैनिक हाजिरी जमानीमा रिहा गरेको हो ।

तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा मनोमानी गरेको आरोप लगाउँदै सीआईबीले उहाँहरूलाई पक्राउ गरेको थियो । धितो मूल्यांकनभन्दा कममा ऋण दिएको पाइएको सीआईबीले दावी गरेको छ ।