३ श्रावण २०८३, आइतबार

रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार महिलाको मृत्यु

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर , १ चैत । अचानक रुखको हाँगा भाँच्चिएर खस्दा मोटरसाइकलमा सवार एक महिलाको आज अपराह्न मृत्यु भएको छ ।

धनकुटा नगरपालिका–४ देब्रेबासमा भएको घटनामा ३० वर्षीया उषा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनकुटा बजारबाट हिलेतिर प्रदेश १०२०४९ प ६०४० नम्बरको मोटरसाइकलमा गइरहेका दम्पती दुर्घटनामा परेका हुन् ।

सडक मास्तिरबाट रुखको हाँगा भाँच्चिएर खसेको थियो । हाँगाले मोटरसाइकल पछाडि बसेकी तामाङलाई लागेको थियो ।

सिकिस्त घाइते अवस्थामा उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल हाँकिरहेका उनका श्रीमान आशिष तामाङ भने सामान्य घाइते छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।