
काठमाडौं, १ चैत । महालक्ष्मी विकास बैंकले कादमबरी एकेडेमी, श्रीपूर वीरगञ्जमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गर्नुभएको हो ।
अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्याउने उद्देश्यले रु. पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।
आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने जानकारी गराउँदै बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्नुभयो ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।








प्रतिक्रिया