
काठमाडौं, १ चैत । रूसी सेनामा भर्ना भएर मृत्यु हुने नेपालीको संख्या २२ पुगेको छ ।
आज परराष्ट्रमन्त्रालयले थप सातजनाको मृत्यु भएको पुष्टि गरेसँगै मृत्यु हुनेको संख्या २२ जना पुगेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो पटक मृत्यु हुने सात जनामा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहनुभएको छ ।
१४ जनाको भने यसअघि नै मृत्यु भएको सरकारले पुष्टि गरेको थियो ।










प्रतिक्रिया