२२ जेष्ठ २०८३, शुक्रबार

एक्सनमा गृहमन्त्री रवि, सुन तस्करीको प्रतिवेदन पाएलगत्तै आईजीपीसँग गोप्य बैठक

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग गोप्य छलफल गर्नुभएको छ ।

उहाँले आज सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको पहलका लागि महानिरीक्षकसँग गोप्य छलफल गर्नुभएको हो ।

आज सुन तस्करीबारे जाँचबुझ आयोगले मन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझे लगत्तै गृहमन्त्री लामिछानेले आफ्नै कार्यकक्षमा ढोका थुनेर एक्लैले प्रतिवेदन अध्ययन गर्नुभएको थियो ।

अध्ययनपछि गृहमन्त्रीले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो । त्यसपछि उहाँले महानिरीक्षकलाई आफ्नै कार्यकक्षमा बोलाएर गोप्य छलफल गर्नुभएको हो ।

उहाँले महानिरीक्षकलाई तस्करलाई कारबाही गर्न निर्देशन दिनुभएको बताइएको छ ।