१८ असार २०८३, बिहिबार

भोजपुर जिप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १ चैत । धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को- १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते हुनुभएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिनुभयो ।

अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

मृत्यु हुने ७ जनामध्ये चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले जानकारी दिनुभयो ।