२ असार २०८३, मंगलबार

किड्नीका बिरामी बढिरहेकोप्रति सांसद सुनिता बरालले गराउनुभयो ध्यानाकर्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । प्रतिनिधिसभा सांसद सुनिता बरालले पछिल्लो समय बढिहेको किड्नी रोगबारे ध्यानाकर्षण गराउनुभएको छ ।

आजको प्रतिनिधिसभाको शून्य समयमा बोल्नुहुँदै सांसद बरालले किड्नी जोगाउने उपायको सचेतना र पूर्व प्रतिरोधात्मक काम गर्नु पर्नेमा ध्यानाकर्षण गराउनुभएको हो । आज विश्वका कुल जनसङ्ख्याको दश प्रतिशत मानिस कुनै न कुनै प्रकारको किड्नी समस्याबाट प्रभावित भईरहेको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो ।

किड्नी खराब भईसकेपछि प्रत्यारोपण बाहेक अन्य विकल्प प्रभावकारी नभएको जानकारी गराउनुहुँदै डायलासिस शरीर र सम्पतिले पनि नधान्ने अल्पकालीन विधि भएको उहाँको भनाइ छ । गएको आर्थिक बर्ष मात्रै ७ हजार ५ सय नागरिकले स्वास्थ्य सहयोग प्राप्त गरेर डायलासिस गराउनुभएको र ४३२ जनाले किड्नी ट्रान्सप्लान्ट गर्नुभएको उहाँले बताउनुभयो ।

‘ग्लोवल बर्निङ डिजिजमा २०१० मा २७ औं नम्बरमा रहेको किड्नी समस्या २०२० सम्ममा १० स्वास्थ्य समस्याभित्र परिसकेको छ । मृत्युको प्रमुख कारण नसर्ने रोगहरुमध्ये किड्नी समस्या प्रमुख ३ रोगमै पर्ने गरेको छ । नेपाल जस्ता विकासोन्मुख र मध्यम आय भएका देशहरुमा ६० वर्षभन्दा कम उमेरमै २५ प्रतिशतको हाराहारीमा किड्नी समस्या हुने पाइन्छ । किड्नी खराब भईसकेपछि प्रत्यारोपण बाहेक अन्य विकल्प प्रभावकारी छैन । डायलासिल शरीर र सम्पत्तिले पनि नधान्ने अल्पकालीन विधि मात्रै हो । गएको आर्थिक बर्ष मात्रै ७ हजार ५ सय नागरिकले स्वास्थ्य सहयोग प्राप्त गरेर डायलासिस गराएका छ्न भने ४३२ जनाले किड्नी ट्रान्सप्लान्ट गरेका छन । त्यसैले किड्नी जोगाउने उपायको सचेतना र पूर्व प्रतिरोधात्मक काम गर्नु जरुरी छ । कृषिमा प्रयोग हुने भिटामीन र रासायनिक औषधिहरुको जथाभावी प्रयोग पनि एउटा महत्वपूर्ण कारण हो । किड्नी स्वास्थ्यको सबैभन्दा धेरै ध्यान दिनुपर्ने विषयमा पानी पर्याप्त पिउनुपर्ने र जिवनशैलीमा सुधार गर्नुपर्ने आम जनचेतना जगाउन जरुरी छ । कठिन श्रम गर्ने, नियमित रुपमा कार्यालय बाहिर फिल्डमा काम गर्नुपर्ने श्रमिक, ज्यालादारी तथा एवम् राजनीतिक सामाजिक क्षेत्रमा काम गर्नेहरुमा यो अभ्यास अत्यन्त न्यून छ । पर्याप्त मात्रामा स्तरीय सार्वजनिक शौचालयको व्यवस्था हुने हो भने घर वा कार्यालयमा रहनेहरु बाहेकले पनि किड्नी फिल्टर प्रोसेसका लागि पर्याप्त पानी पिउने अभ्यास गर्न सक्छन् भन्ने विश्वास गर्न सकिन्छ । त्यसतर्फ हाम्रा स्वास्थ्य कार्यालय तथा निकायहरु, हाम्रा अभियानहरु र स्वास्थ्य रणनीतिहरु केन्द्रित गर्न ध्यानाकर्षण गराउदछु.’ उहाँले भन्नुभयो ।