
भोजपुर, १ चैत । धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर आउँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाइते हुनुभएको छ ।
बोलेरोमा १४ जना सवार हुनुहुन्थ्यो। दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरेको थियो । मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन ।
स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।








प्रतिक्रिया