
उदयपुर, १ चैत । नेकपा (एमाले) उदयपुरको नवौँ जिल्ला अधिवेशन चैत १३ गते हुनेभएको छ ।
जिल्ला अधिवेशन तयारीका लागि बुधबार गाईघाटमा बसेको जिल्ला कमिटी बैठकले चैत १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेका अनुसार चैत्र १३ गते जिल्ल्ला अधिवेशनको उद्घाटन हुनेछ भने १४ गते आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।
अधिवेसन सम्पन्न गर्नका लागि मुल आयोजक समिति समेत गरी १३ वटा उपसमिति गठन गरिएको छ भने चैत ६ गते भित्रमा जिल्लाका आठवटै पालिकाले सबै जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट गरिसक्नु पर्नेछ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने र पार्टीका पदाधिकारी, स्थायी कमिटीका सदस्य लगायतका नेताहरु उपस्थित हुने कार्यक्रममा जिल्ला भरिका करिब ६ सय ५० जना प्रतिनिधिहरु सहभागि हुने जिल्ला अध्यक्ष घिमिरेले बताउनुभयो ।
अधिवेशनका लागि मुल आयोजक समिति, राजनीतिक प्रतिवेदन लेखन, आर्थिक, सांस्कृतिक, हल व्यवस्थापन, अतिथि सत्कार, खाद्यन्न व्यवस्थापन, स्वास्थ्य, प्रचार प्रसार उपसमिति गठन गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया