२३ जेष्ठ २०८३, शनिबार

सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै राप्रपाका तीन नेता निलम्बित

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधिद्वय पूर्वकेन्द्रीय सदस्यहरू सिन्धुपाल्चोकका भीमसेन खनाल र दाङका हंसराज केसी तथा बर्दियाको ठाकुरबाबा नपाका पूर्व अध्यक्ष गोरख बहादुर बम रहनुभएको छ ।

उहाँहरुले सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण उहाँहरूलाई निलम्बन गरिएको बताइएको छ ।

उहाँहरूलाई पार्टी सदस्यबाट निलम्बन गर्न अनुशासन समितिको सिफारिसलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको थियो ।