२३ असार २०८३, मंगलबार

इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १ चैत । शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ ।

आज बिहान ३ बजेतिर काठमाडौंमा उहाँको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौंका राधेश्याम लेकालीले जानकारी दिनुभयो ।

इलामको सूर्याेदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बन्नुभएको थियो ।

स्थापनाका बेला उहाँले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गर्नुभएको थियो ।

भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उहाँले भारतबाटै विद्यावारिधि गर्नुभएको थियो ।

शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ ।

उहाँको आजै काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।