
काठमाडौं, १ चैत । नेकपा (एमाले) रोल्पाको जिल्ला अध्यक्षमा अमृत बुढामगर विजयी हुनुभएको छ ।
रोल्पाको सातौं जिल्ला अधिवेशनबाट बुढामगर निर्वाचित हुनुभएको हो । नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनबाट उहाँ १९५ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी घनश्याम आचार्यले ११२ मत प्राप्त गर्नुभएको हो ।
उपाध्यक्षमा विजयकुमार घर्तीमगर सर्वसम्मत हुनुभएको छ ।
यसैगरी, सचिवमा नेपबहादुर थापा विजयी हुनुभएको छ । थापाले १८२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मतमा सिमित हुनु परेको थियो ।
उपसचिवमा बमबहादुर पुन, महिला उपसचिवमा रमिता डाँगी विजयी हुनुभएको छ । अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी हुनुहुन्थो ।








प्रतिक्रिया