२६ कार्तिक २०८३, बिहिबार

रौतहटको राजदेवीमा आगलागी, ३ घर जलेर नष्ट

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १ चैत । रौतहटको पूर्विभेग राजदेवी नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् ।

राजदेवी-७ मुडवलवामा भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका हुन् । आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

आगलागीमा घरमा रहेको अन्न, लत्ताकपडालगायतका लाखौंको सरसमान जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले आगलागीबाट तीनै जनाको घरको सरसामान गरी कुल सात लाख बराबरको क्षती भएको अनुमान गरिएको बताउनुभयो ।

स्थानीय, शसस्त्र प्रहरी मिलेर गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति राजकिशोर यादवसहित पदाधिकारी आगलागी पीडितको घरमा पुगेर विभिन्न सरसामान, भाडावर्तन तथा खानेकुरा त्रिपाल सहयोग गर्नुभएको छ ।