
काठमाडौं, ३० फागुन । माछापुछ्रे बैंकले पोखरामा हालसालै सञ्चालनमा आएका बिगमार्टमा १० प्रतिशत छुट दिने भएको छ ।
बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा बैंकले छुट प्रदान गर्ने भएको हो ।
बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा दुईसयसम्म क्यास ब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम दुईसय सम्म छुट पाउने व्यवस्था गरेको हो ।
यो क्यासब्याक पोरारास्थित रामबजार, पस्र्याङ, बगर, शितलादेवी र फूलबारीमा रहेका बिगमार्टका शाखामा लागु हुनेछ ।









प्रतिक्रिया