
काठमाडौं, ३० फागुन । तीनजना नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मधेस प्रदेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मिँयालाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखको शपथ गराउनुभएको हो ।
सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
सरकारको सिफारिसपछि तीनजनालाई पदमुक्त गर्नुहुँदै नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो ।








प्रतिक्रिया