
काठमाडौं, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्नुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले तीनजनालाई आज पदमुक्त गर्नुभएको हो । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकले उहाँहरूलाई पदमुक्त गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सफारिस गरेको हो ।
पदमुक्त हुनुभएका तीनैजना प्रदेश प्रमुख काँग्रेसबाट हुनुहन्छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै उहाँहरूलाई पदबाट हटाइएको हो ।











प्रतिक्रिया