३० कार्तिक २०८३, सोमबार

अमेरिका पठाउने भन्दै सल्यान, रोल्पाका युवाहरुसँग ६० लाख ठग्ने लोकबहादुर पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, ३० फागुन । अमेरिका पठाईदिन्छु भनी ६० लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिव्यक्ति ८० लाखमा अमेरिका पठाईदिन्छु भनेर विभिन्न व्यक्तिलाई ठगी गर्ने उदयपुरको त्रियुगा-७ घर भई हाल जिल्ला काठमाण्डौं टोखा १० गंगबु बस्ने बर्ष ३६ को लोक बहादुर राउतलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ठगीमा पर्नेहरुमा सल्यान जिल्ला शारदा नगरपालिका १ का टिकाराम बस्नेत सहित २ जना, रोल्पा जिल्ला गंगादेव गाउँपालिका ३ बस्ने खिमा डाँगीको छोरी दिपा डाँगी लगायत रहनु भएको छ ।

उहाँहरुलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि मासिक सात लाख पचास हजार रुपैयाँ तलव हुन्छ भनेर प्रलोभनमा पारेर लोक बहादुरले ठगी गर्नुभएको थियो ।

उहाँले पीडितहरुबाट पटक पटक गरी जम्मा ६० लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन हुनुभएको थियो । उहाँलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत फागुन २८ गते पक्राउ गरेको हो ।

लोक बहादुरलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।