
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउनुभएको छ । आजको संसदमा २६८ जना सांसद उपस्थित रहनुभएकामा प्रधानमन्त्रीको पक्षमा १५७ मत खस्यो भने विपक्षमा ११०मत खसेको छ । एकजना सांसद भने तटस्थ बस्नुभएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो ।
गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभएको हो ।








प्रतिक्रिया