२ कार्तिक २०८३, सोमबार

कांग्रेसले इमानका कुरा गर्नु बेकार : केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रस्तुत हुनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताउनुभएको हो । ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउँदै कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म लाग्ने गरेको उहाँको भनाइ छ ।

अहिलेको परिस्थिति एमालेको कारण बनेको नभई अघिल्लो गठबन्धनकै कारण बनेको उहाँले बताउनुभयो । पोहोर दुई महिनामा नै सरकार परिवर्तन गर्दा अस्थिरता भएको नदेख्ने कांग्रेसलाई एक वर्षपछि कसरी अस्थिरता भयो ? भन्ने प्रश्न गर्नुभयो । देशमा विभिन्न खालका विद्वेष र घृणा फैलाउने काम भइरहेका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

‘देशको परिस्थिति सुखद छैन’, ओलीले भन्नुभयो । उहाँले नागरिक सर्वोच्चता भन्दा माथि कुनै पनि सर्वोच्चता नहुने स्पष्ट पार्नुभयो । नेपाल सम्पूर्ण नेपाली जनताको साझा राज्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘देशलाई एकताबद्ध बनाउनु पर्छ, सबैको साझा राज्य हो, त्यसको कार्यान्वयन हुनुपर्दछ ।’

अध्यक्ष ओलीले बहुदलीय निर्वाचन प्रणाली रहेका कारण सत्ता समीकरण फेरबदल हुनु स्वाभाविक भएको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस नेताहरुले अस्थिर भन्ने गरेको बताउँदै उहाँले दुई महिनामा सरकार परिवर्तन हुँदा किन अस्थिर भयो भन्नुभएन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँ भन्नुभयो, ‘सत्ता परिवर्तन स्वभाविक छ । हामीले दलीय निर्वाचनको प्रणाली ल्यायौं । बहुमत कसैसँग पनि छैन । अस्थिरताको खेती तपाईहरुले गर्नुभएको हो नि । पोहोर दुई महिनामा सरकार परिवर्तन हुँदाखेरी तपाईहरूलाई अस्थिरता लागेन ? अहिले १४ महिनामा सरकार परिवर्तन हुँदा केको अस्थिरता ? दुई महिना नभइकन कसरि सरकार परिवर्तन गरेको हो ।’