८ असार २०८३, सोमबार

कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन : विश्वप्रकाश शर्मा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार पराजय हुँदा कांग्रेसले आफ्नै उम्मेदवार पराजय भएको महशुस गरेको भएपनि माओवादीले गठबन्धन गरेको बेला हँसिया हतौडामा भोट हालेको बिर्सिएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले महासमिति बैठकमा प्रस्तुत प्रस्तावको विषयलाई मुख्य दोष लगाएको उल्लेख गर्दै नेपाली कांगेसले डकुमेन्ट समयअनुसार लेखेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कांग्रेसले आफ्नो डकुमेन्ट समय अनुसार लेख्छ । नेपाली जनता, नेपाली कांग्रेसलाई सोधेर लेख्छ । नेपाली कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन । त्यसैले यो डकुमेन्टको अवस्थामा चित्त बुझाउनुपर्ने अवस्था छैन ।’

हिन्दु धर्म, राजतन्त्र फिर्ता र यो व्यवस्थाविरुद्ध बोल्ने पार्टीसँग टाउको जोडेर हिंड्दा प्रतिगमन भएन भन्दै शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गर्नुभयो ।

शर्माले नेपाली कांग्रेसले सविंधान निर्माणको नेतृत्व र व्यवस्था लागु गरि १२ बुँदे सहमति गरेको उल्लेख गर्दै प्रधानमन्त्री नै अस्थिरताको जड रहेको धारणा व्यक्त गर्नुभयो ।