१४ असार २०८३, आइतबार

देश समस्याग्रस्त छ, आउनुस् मिलेर समाधान गरौँ : केपी ओली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देश समस्याग्रस्त रहेको बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले देश समस्याग्रस्त रहेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभएको हो ।

देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उहाँले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको समर्थन गर्दै उहाँले प्रचण्ड सरकारले देश र जनताका लागि काम गर्ने भएकाले विश्वासको मत दिन अन्य दलका सांसदहरुलाई आग्रह गर्नुभयो ।