३२ असार २०८३, बिहिबार

काँग्रेसलाई प्रधानमन्त्रीको प्रश्न- लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा कसरी धोकेबाज भएँ ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले काँग्रेसलाई धोका नदिएको स्पष्ट पार्नुभएको छ ।

आज संसदमा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उहाँले आफूले काँग्रेसलाई धोका नदिएको र लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदलेको स्पष्ट पार्नुभयो ।

कुनै समय राजनीतिक सहमति कार्यान्वयन गर्दा कांग्रेसकै नेताले ‘राजनेता’ भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा कसरी विश्वासघाती र धोकेबाज भएँ ?’ ।

उहाँले आफूले नभइ काँग्रेसले पटक पटक धोका दिएको बताउनुभयो । ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमालेका लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ ।’ उहाँले भन्नुभयो ।