२९ जेष्ठ २०८३, शुक्रबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

14.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ । आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

अघिल्लो तिनदिन सम्म सुनको भाउ हालसम्मकै उच्च मूल्यमा प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो ।