२८ जेष्ठ २०८३, बिहिबार

नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नेरुडे र मिर्मिरे लघुवित्त आजबाट एकीकृत कारोबार सुरु गरेको छ । दुवै संस्था एक आपसमा मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो ।

दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

यस्तै, धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ ।