१९ असार २०८३, शुक्रबार

बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा आयोजक र एन्फा मोरङ भिड्दै

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० फागुन । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतलाई हराउँदै सेमिफाइनल पुगेको हो ।

यसैगरी मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यसअघि हिजो भएको खेलमा बिजयी बन्दै काँकडभिट्टा ट्रेनिङ सेन्टर प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उसले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

काँकडभिट्टाले दोस्रो सेमिफाइनलमा न्युरोड टिम (एनआरटी) सँग भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछ । एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल चैत ३ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।