
मोरङ, ३० फागुन । रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ । रंगेली-३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन् ।
विराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नम्बरको बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो ।
दुर्घटना परी विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो ।
बसका चालक रतुवामाई ५ सिजुवा बस्ने ४५ वर्षीय सूर्यबहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।








प्रतिक्रिया