३१ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुहुँदै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । गतवर्ष पुसमा तेश्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट तेश्रोपटक विश्वासको मत लिनुहुनेभएको छ ।

कांग्रेससँगको गठबन्धन तोडेर पुनः एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री दाहालले तेश्रो पटक विश्वास मत लिनुपर्ने अवस्था बनेको हो ।

बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने कार्यसूची रहेको छ ।

गतवर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले यसबीचमा तीन पटक गठबन्धन फेरबदल गरिसक्नुभएको छ ।

पहिलो पटक विश्वासको मत लिँदा प्रतिनिधि सभाको दुई तिहाईभन्दा पनि धेरै मत पाउनुभएका प्रधानमन्त्री दाहाललाई दोश्रोपटक बाट भने सत्ता टिकाउनै हम्मे परेको छ । यसपटक पनि प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने र सरकार टिकाउने सहज वातावरण बनाउन सफल हुनुभएको छ ।

नयाँ सत्ता समीकरणमा नेकपा (एकीकृत समाजवादी)ले आफ्नो दलको हैसियतबारे प्रश्न गरेपछि प्रधानमन्त्री दाहाललाई विश्वासमा लिन सकस परेको थियो । तर मंगलबार फेरि सत्ता गठबन्धनका साझेदारबीच सहमति पत्रमा हस्ताक्षर भएपछि बुधबार उहाँले विश्वासको मत पाउने निश्चित छ ।

यसपटक उहाँलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीले पनि दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउनुहुने छैन् ।

टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उहाँले पनि मत दिन पाउनुहुने छैन् ।

अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत छ । दाहाललाई विश्वासको मतका लागि यो मत पर्याप्त छ ।

उहाँको विपक्षमा भने प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतसँग ६, लोसपासँग ४, नेमकिपा र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् ।

दाहाल २०७९ पुस १० गते एमालेको प्रस्तावमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

पहिलो पटक उहाँले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो । त्यतिबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका थिए । त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए ।

तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचन पूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोड्नुभएका प्रचण्ड पुरानै गठबन्धनमा फर्किनुभयो । एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उहाँले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला भने २६२ सांसद उपस्थित रहेकोमा विश्वासको मतको पक्षमा १७२ मत परेको थियो ।