
काठमाडौं, २९ फागुन । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो ।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयो, ‘सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’
प्रतिनिधिसभामा एमालेका ७६ सांसद हुनुहुन्छ ।








प्रतिक्रिया