
काठमाडौं, २९ फागुन । ऋण प्रवाहरमा लापरवाही गरेको आरोपमा पक्राउ पर्नुभएका तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
आज उच्च अदालत पाटनले उहाँहरूलाई थप पाँचदिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई गत माघ १५ गते पक्राउ गरेको थियो ।








प्रतिक्रिया