२१ असार २०८३, आइतबार

दश वर्षे द्वन्द्वले के दियो भनेर रोल्पालीले समिक्षा गर्नुपर्छ : प्रदीप ज्ञवाली

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाव दिनुभएको छ ।

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको लिबाङमा उद्घाटन गर्नुहुँदै उपमहासचिव ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाउनुभएको हो ।

दश बर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गर्न नसकेको, जनताको अवस्था फेर्न नसकेको र नेताको मात्रै जीवनस्तर उकासिएको उहाँको भनाइ छ ।

क्रान्तीको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने उहाँले बताउनुभयो ।

द्वन्द्वबाट स्थापित भएका नेता र छोराहरू सुन तस्करीमा जोडिनु रोल्पाका जनताका सपनामाथि कुठाराघात भएको उहाँले टिप्पणी गर्नुभयो ।