३१ जेष्ठ २०८३, आइतबार

राष्ट्रिय सभा अध्यक्ष दाहालद्धारा शपथ ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराउनुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।