१० असार २०८३, बुधबार

सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन- प्रधानमन्त्रीलाई खुल्ला हृदयले विश्वासको मत दिनुस्

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माले ओलीले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा उहाँले प्रधानमन्त्रीलाई खुला हृदयले विश्वासको मत दिन निर्देशन दिनुभएको हो ।

‘प्रधानमन्त्री प्रचण्डजीलाई हामी खुल्ला हृदयसहित विश्वासको मत दिन्छौँ’, उहाँले भन्नभयो, ‘प्रमुख सचेतकजीले ह्विप जारी गर्नुहुन्छ। खबर नआए पनि तपाईं हामी यसमा सबै सजग हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

यस्तै अध्यक्ष ओलीले सरकारको आलोचना नगर्न पनि निर्देशन दिनुभयो । कुनै कुराको आलोचना गर्नु पर्दा त्यस्ता कुरा देखे आन्तरिक छलफलमा ल्याउन सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचना नगर्नु होला। सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ। सरकारबारे केही कुरा भन्नुपरे मलाई भन्नुस्।’