१७ असार २०८३, बुधबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले मंगलबार विभिन्न नौं वटा निर्णय गरेको छ ।

सरकारको नाममा रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल र प्रशासकीय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्ले कालिगण्डकी रिणी १३२ केभी प्रसारण लाइनको लागि जग्गा प्राप्तिकालागि क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । मधेश, गण्डकी र सुदूरपश्चिम गरी तीन प्रदेशमा तीनजना प्रदेश प्रमुखहरु न्याँ नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि मंगलबारकै बैठकले गरेको थियो ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमा रहेका सचिव एकनारायण अर्याललाई गृहमन्त्रालयमा पठाएर गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।