८ असार २०८३, सोमबार

त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ पर्नुभएको छ ।

२ सय १० ग्राम सुन सहित प्युठान ऐरावती गाउँपालिका वडा नम्बर ६ घर भएकी २८ वर्षीया संगिता परियार पक्राउ पर्नुभएको हो । उहाँ फ्लाई दुबईको उडानमार्फत दुवईबाट काठमाडौं आउनुभएको थियो ।

उहाँबाट एउटा सिक्री, एउटा ब्रासलेट, ३ वटा औंठी, एउटा रानीहार, एउटा मिनिहार, दुई वटा मंगलसुत्र, कानमा लगाउने दुई जोर झुम्का र एउटा अर्को औंठी बरामद भएको हो ।