१६ असार २०८३, मंगलबार

राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसका आनन्दप्रसाद ढुंगानाले राखेको शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको हो ।

उक्त प्रस्तावलाई मतविभाजनमा लगिएको थियो। जसअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत पर्दा विपक्षमा ३९ मत परेको हो ।

अहिले बैठक सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेसको गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्दै मतविभाजनमा लगिएको छ ।