२८ असार २०८३, आइतबार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।

यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ रहेको थियो ।